सर्लाही, २९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा शहरी विकासमन्त्री प्रभु साहले संसद पुनर्स्थापनाको माग राखी आन्दोलन गरिरहेकाहरु पनि भित्रभित्रै चुनावको तयारीमा लागेका बताएका छन् ।
नेकपा सर्लाही जिल्ला कमिटीद्वारा सदरमुकाम मलङ्वामा आयोजित जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले नेपाली कांग्रेस र जसपासंगै माधव(प्रचण्ड समूह पनि आन्तरिक चुनावी तयारीमा रहेको जीकिर गरे ।
संसद पुनर्स्थापनाको माग राखेर गरिरहेको आन्दोलन हात्तीको देखाउने दाँतजस्तो हो । सबैको चाहना चुनाव नै भएकोले चुनावी तयारीमा जुट्न कार्यकर्तालाई प्रदेश अध्यक्ष साहले निर्देशन दिए ।
ञअहिले सडकमा देख्न सक्नुहुन्छ, केही नेता तथा राजनीतिक दल संसद पुनर्स्थापनाको माग राखेर आन्दोलन गरिरहेका छन् । तिनीहरूको भ्रममा नपर्नुस्, उनीहरु सबै भित्रभित्रै चुनावको तयारी गरिरहेका छन् ।
नेता साहले भने, ञहात्तीको देखाउने दाँत र खाने दाँत फरक हुन्छ, यो पनि त्यस्तै हो । झट्ट हेर्दा आन्दोलन गरेजस्तो देखिन्छ तर उनीहरु केन्द्रदेखि गाउँ–गाउँसम्म चुनावी तयारीमा लागिसकेका छन् ।
कांग्रेस र मधेशी दलभन्दा बढी चुनावी तयारीमा माधव नेपाल र प्रचण्ड लागेका छन् । त्यसैले कुनै किसिमको द्विविधामा नरही चुनावको तयारीमा लाग्नुस् कमरेडहरु । बैशाख १७ र २७ गते चुनाव हुन्छ, नेता साहले थपे ।
कार्यक्रममा नेकपा सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री इश्वर पोखरेल, स्थायी कमिटी सदस्यद्वय सत्यनारायण मण्डल र रघुवीर महासेठ, प्रदेश सचिव एवम् राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेल, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया