जनकपुरधाम, १५ पुस । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले प्रदेश २ का सबै जिल्लामा विरोध प्रदर्शन गरेको छ ।
प्रदेशका आठै वटै जिल्लाको सदरमुकाममा नेकपाको दाहाल–नेपाल समूहका कार्यकताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा विरोध प्रदर्शन गरेका हुन् ।
सप्तरीमा दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेन्द्र पासवान, सिरहामा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री विश्वनाथ साह, धनुषाको जनकपुरधाममा स्थायी समिति सदस्य गणेश साह, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झा तथा पूर्वमन्त्री यदुवंश झाको नेतृत्वमा प्रदर्शन गएिको थियो ।
त्यस्तै महोत्तरीमा केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज राजु खड्का, सर्लाहीमा पूर्वमन्त्री रामेश्वर राय यादव, रौतहटमा स्थायी समिति सदस्य तथा पूर्वमन्त्री मातृका प्रसाद यादव, बारामा केन्द्रीय सदस्य कमल न्यौपाने र पर्सामा केन्द्रीय सदस्य उर्मिला अर्याल तथा प्रदेश २ ईन्चार्ज नागेन्द्र चौधरीको नेतृत्वका प्रदर्शन गरिएको हो ।
तपाईको प्रतिक्रिया