काठमाडौं, ५ पुस । प्रधानमन्त्रीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष गरेको प्रस्तावको विरुद्धमा जनता समाजवादी पार्टी नेपालनिकट राष्ट्रिय विद्यार्थी संघले देशव्यापीरुपमा विरोध गर्न आह्वान गरेको छ ।
राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष मनिष मिश्रले प्रधानमन्त्रीको सो कदम अलोकतान्त्रिक, असंवैधानिक र राष्ट्रघाती भएको आरोप लगाएका छन् ।
उनले राष्ट्रिय विद्यार्थी संगठनमा आबद्ध सम्पूर्ण नेता कार्यकर्तालाई प्रधानमन्त्री ओलीको सो कदमको सशक्त विरोध र प्रतिवाद गर्न आह्वान गरेका छन् ।
‘कुशासनमा लिप्त प्रधानमन्त्री केपी शर्मा ओलीको सनकका कारण गरिएको प्रतिनिधिसभा विघटनको यस्तो सिफारिस प्रतिगमनकै अर्को पाइला भएको’ भन्दै लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणका लागि र प्रतिगमनका कुनैपनि प्रपञ्चलाई परास्त गर्न लोकतन्त्र पक्षधरहरु सबै एक ठाउँमा उभिन समेत विद्यार्थी नेता मिश्रले आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया