होटल मेनेजमेन्टको पढाइ अब प्रदेश २ मा पनि

समाचार

10/5/2020

बर्दिबास, १९ असोज । अब प्रदेश २ मा नै होटल तथा पर्यटनको पढाइ हुने भएको छ । महोत्तरीको बर्दिबासमा नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठानको प्रदेश २ स्तरीय शाखा कार्यालयले यसै शैक्षिक–सत्रदेखि नै चारवर्षे ब्याचलर इन होटल मेनेजमेन्टको पठनपाठन र प्रयोगात्मक अभ्यास सुरु गर्न लागेको हो । शाखाको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले एक समारोहका बीच कार्यालयको उद्घाटन गरेका छन् ।

होटल मेनेजमेन्टको पठन पाठन सुरु भएपछि प्रदेश २ का होटल व्यवसायी उत्साहित भएका छन् ।

एक हजार २ भन्दा बढी होटल प्रदेश २ मा संचालनमा छन् । यी होटलबाट १८ हजार मानिसले रोजगारी प्राप्त गरिरहेका छन् ।

पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठानको प्रदेश २ स्तरीय बर्दिबास शाखा कार्यालयले यसै शैक्षिक–सत्रदेखि नै चारवर्षे ब्याचलर इन होटल मेनेजमेन्टको पठनपाठन र प्रयोगात्मक अभ्यास सुरु गर्ने जनाएको छ । यसका लागि एसएलसी (कक्षा–१२) मा कम्तीमा ‘डिं’ अङ्क ल्याइ उतीर्ण गरेका छात्रछात्राले आवेदन गर्नसक्ने प्रतिष्ठानले स्पष्ट पारेको छ । यसपाली ८० जना यो लेभलको अध्ययनका लागि छनौट हुने नवस्थापित शाखा कार्यालयका प्रमुख शिबेन्द्र मल्लिकले जानकारी दिए ।

यसका अतिरिक्त छोटो अवधीका सीपसम्बन्धी तालिम पनि सञ्चालन गरिने प्रतिष्ठान बर्दिवास शाखाले जनाएको छ । नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठानले पहिलोपटक यसपाली होटल ब्यवस्थापनका तालिम र पठनपाठन सञ्चालनका लागि शाखा सञ्चालनमा ल्याएको छ । यसपाली प्रदेश २ को बर्दिवास, प्रदेश १ को बिर्तामोड र पश्चिम नेपालको नेपालगञ्जमा पहिलोपटक शाखा स्थापना गरी सञ्चालनमा ल्याइएको प्रतिष्ठानका कार्यकारी निर्देशक दिपककुमार थापाले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ