महोत्तरी, ११ पुस । हतिसर्वा डोजो सदरे सद्दम उसेन अन्सारीको आयोजनामा शनिबार डोजोका खेलाडीहरुले ग्रेडिङ्ग तथा डेमोन्सटेशन खेल प्रदर्शन गरेका छन् ।
सो प्रदर्शनमा हतिसर्वा डोजोका खेलाडीहरुले आ–आफ्ना प्रदर्शन गरेका थिए ।
कार्यक्रम भंगहा नगरपालिकाका १ न. वडाका वडाअध्यक्ष चौठी महतोको अध्यक्षतामा भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि भंगहा नगरपालिकाका मेयर संजीव कुमार साह, विशिष्ठ अतिथि प्रमुख प्रशिक्षक रामबहादुर बमजन, अतिथिमा जिल्ला खेलकुद विकास समिति महोत्तरीका प्रमुख सुभाष चन्द्र लाल कर्ण, धनन्जय मिश्र, संघका उपाध्यक्ष रघुनाथ यादव, केन्दी्रय महासचिव अजय मर्हजन, जसपाका नेता मिथलेश यादव लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया