हुम्लामा सीमा विज्ञ पठाउन काँग्रेस नेता पौडेलको आग्रह

समाचार

10/15/2020

काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा मिचिएको भनिएको हुम्लामा सीमा विज्ञ पठाउन आग्रह गरेका छन् । सामाजिक संजाल ट्वीटरमा उनले ट्वीट गर्दै हुम्लामा सीमा विज्ञ पठाउन आग्रह गरेका हुन् ।

उनले स्थलगत अध्ययनको प्रतिवेदन पूरा नआई प्रतिकृया दिने सरकारलाई जनतासित माफी माग्नसमेत आग्रह गरेका छन् । सांसद जीवन शाही टोलीको माग अनुसार हुम्ला सीमामा तुरुन्तै विज्ञटोली खटाई आफ्नो भूमि मिचिएको हो होइन यकिन गर्न पनि माग गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन, ‘स्थलगत अध्ययनको प्रतिवेदन पूरा नआई प्रतिकृया दिने सरकार, जनतासित माफी मागोस् र माननीय जीवन शाही टोलीको माग अनुसार हुम्ला सीमामा तुरुन्तै विज्ञटोली खटाई आफ्नो भूमि मिचिएको हो होइन यकिन गरियोस् !’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ