हामी न्यायको खोजीमा छौं : अध्यक्ष ठाकुर

समाचार

3/13/2021

काठमाडौं, २९ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफूहरु न्यायको खोजीमा तीनै ठूला दलसँग वार्ता र सम्वादमा रहेको बताएका छन् ।

शनिबार पेरिसडाँडामा नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुसँग भेटवार्तापश्चात् सञ्चारकर्मीलाई उनले यस्तो वक्तव्य दिएका छन् ।

उनले आफूहरु सत्ता सहकार्य नभई आफूहरुको माग र मुद्दा पूरा गराउनका लागि सबै पक्षसँग वार्ता र सम्वाद गरिरहेको बताएका छन् ।

जसपाले यसअघि नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुसँग चरणबद्धरुपमा भेटवार्ता गरिरहेको छ । ठाकुरले कुनै निष्कर्षमा पुग्न भने नसकिएको बताए ।

‘कुराकानी त राम्रै भयो, तर अझै निष्कर्षमा पुगेका छैनौ’ ठाकुरले भने । फेरि पनि माओवादी केन्द्रसँग छलफलमा बस्नेगरी उठेको उनले बताए ।

एमाले वा त्यस बाहेकका इतर गठबन्धनको सरकारबारे सोधिएको प्रश्नमा अध्यक्ष ठाकुरले कतै पनि आफूहरुले सुरक्षाको महसुस नगरेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ