हामी प्रस्तावको पक्षमा पनि छैनौं र विपक्षमा पनि छैनौं : जसपा अध्यक्ष ठाकुर

समाचार

5/10/2021

काठमाडौं, २७ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको पक्षमा वा विपक्षमा आफ्नो पार्टी नरहेको बताएका छन् ।

सोमबार विश्वासको मतमा छलफलको क्रममा अध्यक्ष ठाकुरले विश्वासको मतको पक्ष र विपक्ष कतै पनि नलाग्ने बताएका हुन् ।

प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ठाकुरले आफ्नो माग पूरा नभएकाले तटस्थ बस्ने निर्णय लिने बताए ।

‘दुई वर्षसम्म अविश्वासको प्रस्ताव त ल्याउन पाइन्न । अल्पमतमा परे भने । बजेट बनाउन सकिन्छ त ? गम्भीर त्रुटिहरु संविधानमा छ’, ठाकुरले संविधान संशोधनको औचित्यबारे भने ।

जातीय, क्षेत्रीय र लैंगिक आधारमा विभेद कायमै रहेकाले जसपा अहिलेको कोर्समा तटस्थ बस्न चाहेको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ