१२१ गोरुसहित पाँच तस्कर पक्राउ

समाचार

12/5/2020

बुटवल, २१ मंसिर । १२१ वटा गोरुसहित पाँच जनाको तस्कर समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शनिबार बुटवल पश्चिम क्षेत्रबाट पाँचवटा ट्रकमा ल्याउँदै गरिएका ती गोरु बुटवल उपमहानगरपालिका–६ अस्पताल लाइनबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले गोरु पूर्वतर्फ तस्करी हुँदैछ भन्ने सूचनाका आधारमा ट्रक रोकेर चेकजाँच गर्ने क्रममा तस्करी संलग्न पाँच जनालाई पक्राउ परेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ