१५ किलो गाँजासहित दुईजना पक्राउ

समाचार

10/21/2020

मलङ्‍गवा, ५ कात्तिक । लागुऔषध गाँजासहित सर्लाहीको लालबन्दीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

लालबन्दी नगरपालिका १, बागवानी केन्द्रका प्रहरीले प्रदेश २–०–३००१ प ८०६३ नम्बरको मोटरसाइकललाई जाँच गर्दा १५ किलो गाँजासहित हरिवन नगरपालिका २, डाबरीका २० वर्षीय श्रवण महतो र १९ वर्षीय बद्री महतोलाई पक्राउ गरेको हो ।

डाबरीबाट जंगलको बाटो हुँदै बागवानी आएपछि उनीहरुलाई प्रहरीले जाँच गर्दा गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । प्रहरीले उनीहरुका साथबाट दुई फिट लामो धारिलो हतियार तरबारसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ