रुपन्देही, २३ मंसिर । देवदह नगरपालिका–१० भलुहीसबाट १ थान कस्तुरीको विना सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा अर्घाखाँचीछत्रदेव गाउँपालिका–२ बस्ने ३२ वर्षीय सुकुरदिनमिया, रुपन्देही देवदह नगरपालिका–१० बस्ने बागलुङ नगरपालिका–६ घर भएका ३८ वर्षीय रमेश विक र रुपन्देही बुटवल उपमहानगरपालिका–११ बस्ने २९ वर्षीय दिपक विश्वकर्मा रहेका छन् ।
वन्यजन्तु कस्तुरीको विना ओसारपसारएवं कारोवार हुँदैछ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उक्त विना सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया