४ तोला कस्तुरीको बिनासहित दुई जना पक्राउ

समाचार

10/9/2020

बाँके, २३ असोज । कोहलपुर नगरपालिका–२ आनन्दनगरबाट ४ तोला कस्तुरीको बिना सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मुगु खडेरा गाउँपालिका–७ बस्ने २५ वर्षीय गगन प्रसाद उपाध्याय र सोही ठाउँ बस्ने २४ वर्षीय टेकेन्द्र परियार रहेका छन् ।

उनीहरुले कस्तुरीको बिना राखेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ