हिन्दू राष्ट्रको माग गर्दै प्रधानमन्त्री देउवालाई हिन्दू परिषद्को २१ बुँदे ज्ञापन

समाचार

काठमाडौं, १६ साउन । सनातन हिन्दू राष्ट्रको मागसहित हिन्दू परिषद् नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई २१बुँदै ज्ञापनपत्र बुझाएको छ ।

हिन्दू परिषद् केन्द्रीय कमिटीले सोमबार प्रधानमन्त्री देउवालाई अध्यक्ष संतोषानंद जी महराज (संतोष पटेल)को नेतृत्वामा प्रधानमन्त्री निवास बालुवाटार गएको टोलीले मुलुक एउटा जिम्मेवार संगठनको नाताले सुझावसहित देश बचाउनका लागि समसामायिक विषय समेटेर ज्ञापन–पत्र बुझाएको हो ।

जातीय र धार्मिक आयोग खारेज गरिनुपर्ने, हरेक क्षेत्रमा क्षमतावानलाई प्राथमिकता दिइनुपर्ने, धर्म परिवर्तन पूर्णरुपमा बन्द गरिनुपर्ने एवं धर्म परिवर्तन गराउनेलाई १० वर्ष कैद एवं देश निकालाको व्यवस्था लागू गरिनुपर्ने, गौ हत्या एवं तस्करी पूर्णरुपमा बन्द गरिनुपर्ने, षड्यन्त्रपूर्वक बन्द गरिएको संस्कृत शिक्षा पुनः सञ्चालन गरिनुपर्ने र हरेक जिल्लामा एउटा गुरुकुल र गौशाला सरकारीस्तरबाटै स्थापना गरिनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको हो ।

टोलीमा हिन्दू परिषद नेपालका केन्द्रीय उपाध्यक्ष पिंकी महासेठ, महासचिव रामसोबित नायक, केन्द्रीय सदस्यहरु बिनोद कुर्मी, मनोज राउत, शत्रुधन साह, केन्द्रीय सल्लहकार बाँकेबिहारी प्रसाद, रौतहट जिल्ला प्रवक्ता अभिमन्यु पटेल, हिन्दूवादी अभियान्ता मनोज कलवार सहभागी रहेका थिए ।

परिषद्का अगुवाहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले भने, ‘तपाइँहरुको मागप्रति म गम्भीर छु र तपाईहरुको जायज माग हामी पूरा गर्छौं । कहाँ के गर्नु पर्छ भन्ने हामी सर्कुलर गर्छौं । तपाइँहरु निर्धक्क हुनुहोस् ।’

यस्तो छ, ज्ञापनपत्रः

 
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ