जनकपुरधाम, २१ साउन । नेपाल–भारत खुला सीमा सम्वाद समूहले बदलिदो परिवेशमा नेपाल भारतको सम्बन्धका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जनकपुरधाममा सम्वाद समूहले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल र भारत सम्बन्धका जानकार कुशेश्वर झाले आफ्नो विचार अभिव्यक्त गरेका थिए । उनले राजा महेन्द्रको पाला देखि नेपालमा भारत विरोधी गतिविधि सुरु हुन थालेको बताए ।
यस्तै, जनकपुरधामको प्रमुखमा उम्मेदवार बनेकी तमलोपा नेतृ विभा ठाकुरले आफु २०४४ सालमा विवाह गरेर नेपाल आएकोबेला नागरिकता लिन कुनै पनि अप्ठेरो नभएको बताउदै अहिले हुन थालेको जालझेल प्रति आपती जनाइन् ।
कार्यक्रममा नेपाल भारत खुल्ला सिमा सम्वाद समुहका केन्द्रिय अध्यक्ष राजिव झाले खुल्ला सिमाका आयाम, समस्या, आर्थिक पक्ष, असर र मांगहरु समेटेर सम्बन्ध सुधारका लागि एक कार्यपत्र प्रस्तुत गरेका थिए ।
झाले यसअघि नेपालमा भारत मात्रको चासो रहेकाले दुई देशको सम्बन्ध प्रगाढ रहेको भएपनि चीनसहितका देशहरु नेपालमा हस्तक्षेप गरेर दुई देशको सम्बन्ध बिगार्न थालेको बताएका छन् ।
चीनको चासो बढेपछि अन्य देशको समेत हस्तक्षेप भई मुख्य असर नेपाल भारतको पौराणिक र नातेदारीको सम्बन्धमा पनि प्रभाव परेको उनको आरोप छ ।
कार्यक्रममा लोसपा प्रदेश सांसद सुरिता साहले नेपाल भारतको सम्बन्ध दुई देशको सरकार बिचको सम्बन्ध भन्दा पनि जनता र रोटीबेटीको सम्बन्ध रहेकाले सजिलै बिर्गान नसकिने बताए ।
कार्यक्रममा नेता जानकी राम साह, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, जिसस धनुषाका प्रमुख, जउनपा वडा नं. ३ का वडा अध्यक्ष दिपेन्द्र कुमार साह, कमला बचाउ अभियानका प्रमुख सहित भारत सितामढीमा गठन भएको नेपाल भारत खुल्ला सिमा सम्वाद समुहका अध्यक्ष रोहित झा सहितको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया