काठमाडौं, २३ साउन । राष्ट्रिय एकता पार्टी नेपाल लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा विलय भएको छ ।
सोमबार लोसपा केन्द्रीय कार्यालयमा लोसपा र राष्ट्रिय एकता पार्टी नेपालबीच पार्टी एकीकरण गर्ने सहमति भएको हो । सहमतिपत्रमा लोसपा अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिाय एकता पार्टीका अध्यक्ष प्रेमदिप थाम्सुहाङ (लाजेसा)ले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार लिम्बूवान आन्दोलन, सरकारसँग गरेको पाँचबुादे सहमति, घाइते अपाङ्ग र लिम्बूवान शहीदहरुलाई लोसपाले स्वामित्व ग्रहण गर्ने, जिल्ला, प्रदेशदेखि संघसम्म सबै संगठनहरुलाई समायोजन गर्नेछ ।
यसैगरी, आगामी प्रदेश र संघको निर्वाचनमा राष्ट्रिय एकता पार्टीका नेता कार्यकर्ताहरुलाई प्रत्यक्ष एवं समानुपातिक उम्मेद्वारीमा समुचित स्थान दिने सहमति भएको हो ।
यस्तै, राष्ट्रिय एकता पार्टीका अध्यक्ष प्रेमदिप थाम्सुहाङलाई लोसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्यमा समायोजन गर्ने र प्रदेश नं. १ को इन्चार्जको जिम्मेवारी दिने सहमति भएको लोसपाका कार्यालय सचिव तथा विद्यार्थी संगठनका नेता रञ्जित निष्पक्षले मधेशवाणीलाई बताएका छन् ।
तपाईको प्रतिक्रिया