बाल्टिनमा डुबेर ८ महिने बालिकाको मृत्यु

समाचार

पर्सा, २४ साउन । बाल्टिनमा डुबेर एक ८ महिने बालिकाको मृत्यु भएको छ ।

वीरगंज महानगरपालिका–११ मुर्ली बस्ने राजबिर ठाकुरकी छोरी ८ महिनाकी आरोही कुमारीको सोमबार दिउँसो डुबेर मृत्यु भएको छ ।

आफ्नै आमासँग मामा घर बारा देवताल गाउँपालिका–४ पिपडाडी गएकी र घर बाहिर दैलोमा खेल्ने क्रममा पानी रहेको बाल्टिनभित्र डुबर अशक्त भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ