जिप्रकाका प्रशासकीय अधिकृतको निधन, सेवाहरु स्थगन

समाचार

जनकपुरधाम, २५ साउन । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत बलवीर ठाकुरको निधन भएको छ ।

प्रशासकीय अधिकृत ठाकुरको बुधबार बिहान हृदयघातका कारण निधन भएको हो ।

उनको निधन भएपछि जिल्ला प्रशासन कार्यालय, धनुषाले बुधबार सेवाहरु स्थगन गरेको छ ।

साथै भाइरल ज्वरोका कारण ८/९ जना कर्मचारी संक्रमित भइ होम आइसोलसनमा रहेको हुनाले बुधबार एक दिनका लागि प्रवाहित हुने सेवाहरु स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ