काठमाडौं, २५ साउन । सामुदायिक वन दिवस, २०७९ को अवसरमा वन तथा वातावरणमन्त्री प्रदीप यादवले “सामुदायिक वन स्तम्भ” अनावरण गरेका छन् ।
नेपालको वन जङ्गल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्नका लागि सामुदायिक वन अभियानसँग जोडिएर विभिन्न कालखण्डमा अतुलनीय योगदान पू¥याएकाहरुको प्रतिकाका रुपमा काठमाडौँस्थित वन परिसरमा “सामुदायिक वन स्तम्भ” को बुधबार आयोजित एक कार्यक्रमका विच मन्त्री यादवले अनावरण गरेका हुन् ।
स्तम्भले तराई मधेशदेखि नेपालको पहाडी र उच्च हिमाली क्षेत्रसम्म वन जङ्गल र वन्यजन्तु जोगाउने अभियानमा आ–आफ्नो स्तरबाट सहयोग गर्ने सम्पूर्ण अभियन्ता, कर्मचारी, सुरक्षाकर्मी र अन्य राष्ट्र सेवकहरुको योगदानलाई कलात्मक रूपमा दर्शाउने मन्त्री यादवले बताए ।
स्तम्भ निर्माण गर्न नेपालकै वन जङ्गलमा पाइने विभिन्न किसिमका काठ प्रयोग गरिएको हो ।
तपाईको प्रतिक्रिया