काठमाडौं, २८ साउन । नेपाल चित्रगुप्त महिला समितिले महिला स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
महिलाहरूको स्वास्थ्यमा देखिने विभिन्न समस्याको बारेमा जानकारी दिने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपाल चित्रगुप्त महिला समितिको अध्यक्ष वीणा सिन्हाको अध्यक्षतामा काठमाडौंको रोयल बैंकेटमा आयोजित कार्यक्रममा विभिन्न विधाका चिकित्सकहरूले महिलाहरूको स्वास्थ्यमा देखिने समस्या र तीनको समाधानका उपायका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा नौबटा विभिन्न रोगहरुको विशेषज्ञ डाक्टरहरुले विभिन्नरोगहरुका बारमा विशेषगरी महिलाहरुमा हुनेहररोगका सम्बन्धमा गहन जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै छाला तथा यौन रोग विशेषज्ञ डा.अनिल कुमार दासले महिलाहरूमा विभिन्न छाला सम्बन्धी समस्या देखिने गरेको बताए । उनले विशेषगरी गर्मी मौसममा महिलाहरूको छालामा विभिन्न एलर्जी आउने, रातोे विविरा आउने, चायापोतो जस्तो समस्याहरू देखिने भएकाले घरबाट निस्किदा छाताको प्रयोग गर्न, सनस्क्रिनको प्रयोग गर्न आग्रह गरे ।
स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा.चन्दा श्रीवास्तवले महिलाहरूको स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्ने बताइन् । उनले महिलालाई बाल्यकालदेखि नै स्वास्थ्यको विशेष ध्यान दिनुपर्ने भन्दै महिलाहरूमा हुने महिनावारी र महिनावारी बन्द हुने बेलासम्म घरका सबै सदस्यले विशेष ध्यान दिनुपर्ने पनि उल्लेख गरिन् ।कार्यक्रममा हाडजोर्नी रोग विशेषज्ञ डा.दिपक दत्तले महिलाहरूमा विशेषगरी ४० उमेर कटेपछि हाटजोर्नी सम्बन्धी समस्या बढ्न थाल्ने भएकाले क्याल्सियमको आवश्यकतालाई पूरा गर्न आग्रह गरे ।
उनले शरीरको कुनैपनि भागको हड्डी दुख्ने समस्या भएमा अनावश्यक औषधि सेवन नगर्न र चिकित्सकको सल्लाहमा औषधि उपचार गर्न पनि सुझाव दिए । उनले महिलालाई क्याल्सियमको आवश्यकता बढी हुने भएकाले क्याल्सियमयुक्त खानेकुरा खान पनि आग्रह गर्नुभयो । यस्तै, कार्यक्रममा बोल्दै डा.हेमपाली दत्ताले नाक, कान, घाँटी सानो अङ्ग देखिए पनि यसमा जटिल समस्या हुन सक्ने भएकाले विशेष ध्यान दिन आग्रह गरिन् ।
उनले घाँटी दुखेमा, कान दुखेमा वा नाकमा केही समस्या भएमा औषधि पसलमा गएर चिकित्सकको सल्लाहबिनै औषधि सेवन गर्ने वा प्रयोग गर्ने परम्परा जस्तै भएकाले त्यस्तो नगर्न सुझाव दिइन् ।
उनले मानव शरीरका यी तीन अङ्ग संवेदनशील भएकाले चिकित्सकको परामर्शमा मात्रै औषधि उपचार गर्न आग्रह गरिन् । कार्यक्रममा स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.अनामिका कर्ण, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.जमुना किरण पौडेल, नेपाल कोरिया मैत्री हस्पिटलको डाइरेक्टर तथा जेनरल फिजिसियन डा. दिपेन्द कुमार रोशनले आआफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रमकी अध्यक्षता गरि रहेको वीणा सिन्हाले भन्नु भयो कि महिलाको स्वास्थ्य परिवारको लागि ढैरे महत्वपूर्ण हुन्छ । एउटा महिलाको स्वास्थ्यमा परिवारको स्वास्थ्य निर्भर हुन्छ ।
महिला स्वस्थ रहिन् छिन् भन्ने परिवार स्वस्थ रहिन् छ । परिवार स्वस्थ रहिन्छ भन्ने समाज स्वस्थ रहन्छ भन्ने राष्ट्र सवस्थ रहन्छ । यसले महिलाको स्वास्थ्यमा विशेष ध्यान दिनु पर्छ ।
कार्यक्रमको विशिष्ट अथितिमा नेपाल चित्रगुप्त समाजका अध्यक्ष रतिशचन्द्र लाल सुमनले गरेका थिए भने उद्घोषण नेपाल चित्रगुप्त महिला समितिकी महासचिव निनु लालले गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया