जनकपुरधाम, २९ साउन । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस सङ्गठन नेपालको मधेश प्रदेश समिति गठन भएको छ ।
संगठनको प्रथम अधिवेशनबाट १३ सदस्यीय समिति गठन गरि सम्पन्न भएको हो ।
अधिवेशनले सङ्गठनको मधेश प्रदेश अध्यक्षमा प्रवीण साहलाई सर्वसम्मत चयन गरेको छ ।
यस्तै, सङ्गठनको उपाध्यक्षमा प्रवीण शर्मा, महिला उपाध्यक्षमा प्रकृति अधिकारी, सचिव रमेश सुवेदी, सह–सचिव प्रमोद चालिसे र कोषाध्यक्षमा रामपुकार यादव चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा सलिता सदा, नवीन साह, अजित कर्ण, नरेश गुप्ता र विनोद पटेल चयन भएका हुन् ।
तपाईको प्रतिक्रिया