काठमाडौं, ३० साउन । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय अध्यक्षमा रोशन कुमार मिश्रलाई मनोनित गरिएको छ ।
लोसपा अध्यक्ष महन्थ ठाकुरले सोमबार मिश्रलाई लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय अध्यक्षमा मनोनित गरेका हुन् ।
लामो समयदेखि लोसपाले आफ्नो भातृ संगठनको केन्द्रीय नेतृत्व दिएको थिएन । तर आउँदो मंसिर ४ गते हुने निर्वाचनलाई मध्यनजर गरि आफ्नो भातृ संगठनलाई सक्रिय गर्न सो निर्णय गरेको हो ।
अध्यक्ष ठाकुरले मनोनयन पत्रमा भनेका छन्, ‘देश, मधेश, विद्यार्थी एवं पार्टीको हितमा यहाँको कार्यकाल उपलब्धिमूलक हुनेछ भन्ने विश्वासका साथ शुभकामना व्यक्त गर्दछौं ।’
तपाईको प्रतिक्रिया