काठमाडौं, ३ भाद्र । आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल होमिएको छ ।
आगामी मंसिर ४ गते हुने आमनिर्वाचनको तयारीस्वरूप लोसपा नेपालले आफ्नो गतिविधिहरू सुरू गर्न लागेको छ ।
लोसपाले चुनावी तयारीस्वरूप मधेश प्रदेशमा विभिन्न कार्यक्रमहरू आयोजना गर्न लागेको छ ।
लोसपाको तर्फबाट मधेश प्रदेशमा स्थानीय तहमा निर्वाचित पदाधिकारीहरू सम्मान, अन्तरक्रिया तथा छलफल कार्यक्रम गर्न लागेको छ ।
लोसपा आगामी शनिबार बर्दिवासमा सम्मान, अन्तरक्रिया तथा छलफल कार्यक्रम गर्न लागेको हो । यस्तै, लोसपाले आइतबार सिरहाको गोलबजारमा पार्टी प्रवेश कार्यक्रम गर्ने भएको छ ।
तपाईको प्रतिक्रिया