नेपालगन्ज, ३ भाद्र । बाँकेको नरैनापुर सुख्खा क्षेत्रमा बोरिङमार्फत सिचाई सेवा सुरु हुने भए पछि किसान उत्साहित भएका छन् ।
नरैनापुर गाँउपालिकाले सुख्खा क्षेत्र घोषणा गरी सक्दा समेत प्रदेश र संघीय सरकारले कुनै वास्ता नगरे पछि गाँउपालिकाले आफनै बजेटबाट पुराना डिप बोरिङहरुको मार्मत गरी संचालनमा ल्याउने भए पछि किसान उत्साही बनेका छन् ।
आकाशे पानीको भरमा रहेका किसानहरु धन रोप्न सकेका छैन भने सिंचाईको अभावमा पशुलाई घाँस पनि राम्रोसंग उब्जनी नहुने जमिनमा गाँउपालिकाले पुरानो बोरिङहहरुको खोजी गरी मर्मत गर्न सुरु गरे पछि किसानहरु राहतको अनुभूति गरेका छन् ।
नरैनापुरको ६ वटै वडामा ट्युवेल मर्मत गरी नरैनापुर क्षेत्रमा बाझो रहेको जमिनमा सिचाई सेवा पु¥याउने उद्देश्यका साथ लागेको गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।
गाँउपालिकाले प्रदेश र संघीय सरकार संघ सुख्खा ठाँउमा सिचाँईको सुविधा पु¥याउन माग गरे पनि सरकार मौन बसेको बताए ।
अध्यक्ष शाहले भने,सरकारले सुख्खा क्षेत्रका जनताका लागि राहतको व्यवस्था गरीदिने हो भने किसानहरुको दैनिकीमा फेरबदल हुनका साथै किसानले राहतको महशुस गर्ने थिए ।
यसैगरी सोही क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य एंव माओबादी केन्द्रकि केन्दीय सदस्य कृष्ण केसी नमूना नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरे पछि उक्त क्षेत्रको स्थलगत अनुगमन गरी प्रदेश सरकारका तर्फबाट तत्काल राहतको व्यवस्थाका पहल गर्ने जिकिर गरेको उद्र्धत गर्दै नरैनापुर गाँउपालिकाका प्रमुख प्रशाकिय अधिकृत भरत बस्नेतले जानकारी दिए ।
उहाँले नरैनापुरमा सिचाईको उचित व्यवस्था गराउनका लागि पहल गर्न आग्रह गरेका थिए ।
तपाईको प्रतिक्रिया