स्कुटर दुर्घटनामा युवकको मृत्यु

समाचार

रूपन्देही, ४ भाद्र । तिलोत्तमा नगरपालिका–१ शंकरनगर चोकमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.२१ प ९५९४ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक ओमसतिया गाउँपालिका–१ बस्ने ३० वर्षीय शंकर पुनको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाए छ ।

साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनालाई थप उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ