निर्माण व्यवसायी संघमा श्रेष्ठको उम्मेद्वारी घोषणा

समाचार

कपिलवस्तु, ४ भाद्र । निर्माण व्यवसायी संघ कपिलवस्तुको अध्यक्ष पदको उम्मेद्वारमा चन्द्रशेखर श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् ।

शनिबार संघको कार्यालय तौलिहवामा निर्माण व्यवसायी संघका सदस्यहरुलाई भेला गराई उमेद्धारी घोषणा गरेका हुन् ।

पुर्व अध्यक्ष समेत रहेका श्रेष्ठले निर्माण क्षेत्रका वेथिती हटाउन र संगठनलाई थप व्यवसायी र गुणस्तरिय पेशा वनाउनको लागि आफ्नो उमेद्धारी रहेको बताए ।

सबै सदस्यहरु संग परामर्श गरेर आफुले अध्यक्षको पदमा उमेद्धार रहेकोले सबैको सहयोग रहने उनले बताए ।

यहि भाद्र १७ गते हुने सातौ अधिवेशनमा श्रेष्ठ संगै वर्तमान महासचिव सरोज अर्याल र निर्माण व्वयासायी वलराम तिवारीको पनि उमेद्धारी रहने उनिहरुले बताएका छन ्।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ