अर्थमन्त्रीलाई नरैनापुरमा स्वागत

समाचार

बाँके, १६ भाद्र । अर्थमन्त्री जनार्दन शर्मालाई बाँकेमा नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले स्वागत गरेका छन् ।

नेपालगन्जबाट सुर्खेत जाने क्रममा बिहिबार बिहान मन्त्री शर्मालाई अध्यक्ष शाहले स्वागत गरी नरैनापुरमा लामो समयसम्म परेको खडेरीका कारण त्यस क्षेत्रमा लगाइएको धानबाली नस्ट हुन लागेपछि पालिकाले सुख्खा ग्रस्त क्षेत्र घोषणा गरे पनि संघीय र प्रदेश सरकारले चासो नदेखाएको प्रति चिन्ता व्यक्त गर्दै केही राहातको पहल गरी दिन आग्रह गरेका थिए ।

अर्थमन्त्री शर्माले नरैनापुरको अवस्थाका बारेमा आफूलाई जानकारी भए पनि सरकारबाट कुनै पहल नहुनु चिन्ताको विषय भएको बताउँदै उनले नरैनापुरको ६ वटै वडाका लागि डिप बोरिङको तत्काल व्यवस्था गर्ने प्रतिबद्धता गरेका थिए ।

मन्त्री शर्माले भारतीय सीमासँग जोडिएको नरैनापुरका नागरिकलाई शिक्षा र स्वास्थ्यमा पहुँच बढाउन केन्द्रीय सरकारबाट पहल गरिने बताउँदै सुख्खाग्रस्त क्षेत्रका लागि विशेष प्याकेज ल्याउने जिकिर गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ