काठमाडौं, १६ भाद्र । हिन्दू राष्ट्रको विरोध गर्ने व्यक्ति वा समूहलाई तह लगाउन हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोषानंद महाराजले सबै सरोकारवालासँग अनुरोध गरेका छन् ।
बिहीबार जनकपुरधाममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो कुरा बताएका हुन् ।
सनातन धर्मको रक्षा र हिन्दू राष्ट्र नेपालका लागि कार्य गर्ने संगठन, योद्धा, अभियान्ता, गुरुजनलाई साथ र सहयोग गर्न सम्पूर्ण राष्ट्रवादी र सनातन धर्मप्रेमी नेपालीहरुसँग आग्रह र अनूरोध गरेका छन् ।
बहुरूपिया र बिदेशीका एजेन्टबाट सावधान र सजक हुन पनि उनले सचेत गराएका छन् ।
महाराजले भने, ‘याद राखौं नेपालीलाई मात्र नेपालको माया हुन्छ विदेशीलाई होइन । नाजायज तरीकाबाट हामी नेपाली माथि जबरजस्ती धर्म निरपेक्ष लादिएको हो ।’
‘इस्लामिक र इसाई तत्व हावी हुनु हाम्रा लागि राम्रो संकेत होइन ।’ उनले भने, ‘नेताहरुको दोहोरी चरित्र र प्रशासनको मिलिमतोमा गौ हत्या, सनातन धर्म माथि आक्रमण, धर्म परिवर्तन व्यापक रुपमा बढनु खतरनाक घन्टी हो ।’
तपाईको प्रतिक्रिया