नरैनापुर पुगेर अर्थ मन्त्री शर्माले भने, “कसैलाई भोकै बस्न नदिने छैन्”

समाचार

बाँके, १८ भाद्र । लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गरिएको नरैनापुर गाउँपालिकाको अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार स्थलगत अनुगमन गरेका छन् ।

अर्थ मन्त्री शर्माले नरैनापुर क्षेत्रको सुख्खा ग्रस्त क्षेत्रमा कुरा गर्दै भन्नुभयो, नरैनापुरको घडेरी देख्दा मलाई मर्महित बनाएको बनाउदै मन्त्री परिषदमा गएर कुरा राख्ने र तत्काल राहातको केन्द्रीय सरकारबाटै राहतको व्यवस्था गराउने बताएका थिए ।

अर्थ मन्त्री शर्मा नरैनापुरका स्थानीय जनप्रतिनिधी, किसान र सर्वसाधारणसंग विस्तृत रुपमा जानकारी लिनुका साथै मन्त्री शर्मा गाउँपालिकाको केही वडामा पुग्नुका साथै भारतीय सिमा नाका बघौडा सम्मको स्थलगत अनुगमन गरेका थिए ।

प्रयाप्त पानी नपर्दा सो क्षेत्रमा जेनतेन १५ प्रतिशत मात्रै रोपाई भएको र सो पनि पछि सुकेर काम नलाग्ने भएको नरैनापुर ५ का वडा अध्यक्ष कृष्ण चन्द्र मौर्य मन्त्रीलाई जानकारी गराएका थिए ।

स्थलगत अनुगमनको क्रममा अर्थमन्त्री शर्माले अधिकाँश खेती योग्य जमिन बाँझो रहेको आफुले प्रत्यक्ष देखेको जनाउँदै आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता जनाए । सो समस्याका बारेमा मन्त्री परिषदको बैठकमा जानकारी गराउनुका साथै प्रधानमन्त्रीसंग पनि कुरा गर्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ