गिद्ध संरक्षण सचेतना दिवस मनाइयो

समाचार

मणि प्रसाद गैह्रे, कपिलवस्तु, १८ भाद्र । १४औं अन्तर्राष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवस विभिन्न जिल्लाहरुमा मनाइएको छ ।

प्रकृतिको कुचिकारको रुपमा रहेको गिद्धहरु नेपालमा लोप हुन लागेपछि अहिले भेटेरिनरी प्राविधिक र पक्षि संरक्षण संघले विभिन्न कार्यक्रमहरु गरि यसको सरक्षणमा लागेका छन् ।

पशु उपचरमा डाइकलोफनेक प्रयोग बन्द गरौ, लोपोन्मुख गिद्ध संरक्षणमा सहयोग गरौ भन्ने नाराका साथ कपिलवस्तुमा पनि गिद्ध संरक्षण तथा सचेतना दिवस मनाइएको हो ।

पशुहरुको उचारमा प्रयोग हुने डाइक्लोफेनक औषधीको प्रयोगबाट उक्त पशुको मासु गिद्धले खाएपछि गिद्धको मुगौलामा असर परि गिद्ध मर्ने हुन्छ ।

यस्तो औषधी सरकारले प्रयोगमा रोक लगाएपनि लुकिछिपी प्रयोग गर्दा यस्तो समस्या पर्ने गरेको नेभ्लाका केन्द्रिय सदस्य नारायण भट्टराईले बताए ।

यसका साथै गिद्ध वस्ने सिमलका रुखहरु नहुंनु अग्ला अग्ला रुखहरु नष्ट हुनु, गिद्धको लागि आहारा नहुंनु जस्ता समस्याले गिद्धहरु लोप हुने गरेको अध्ययनले देखाएको छ ।

नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसियसन कपिलवस्तुले राजापानी सामुदायिक वनमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

एसोसियनका जिल्ला अध्यक्ष पम्रेश्वर यादवको अध्यक्षता , उपाध्यक्ष सुदिप भुषालको स्वागत र सचिव जिवन केसीको संचालनमा अन्र्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकिस्सक दुर्गा खनाल, वाणगगा नगरपालिका पशु सेवा शाखाका प्रमुख राजकुमार तिवारी, विज्ञ केन्द्रकी कर्जा सहजकर्ता डा.रेनु यादव, नेल्टाका केन्द्रिय सदस्य भोजराज पाण्ड्य, पुर्व अध्यक्ष मोति पोख्रेल, युवराज घिमिरे, नेल्टाका अध्यक्ष गोपाल सापकोटा, राजापानी सामुदायिक वनका अध्यक्ष ढाकाराम अधिकारी लगायतले गिद्ध संरक्षणको बारेमा वोलका थिए ।

विश्वमा २३ प्रजातीका गिद्ध रहेक छन भने नेपालमा ९ प्रजातीका रहेका छन् । राजापानी सामुदायिक वनका अध्यक्ष ढाकाराम अधिकारीले वन क्षेत्रमा एक सयको हाराहारीमा गिद्ध रहेकोमा सामुदायिक वनले योजना वनाइ यसको सरक्षणमा लाग्ने बताए ।

त्यसको लागि स्थानीय तह र जिल्लाका ्राविधिक समुह र सरोकारवलाहरुको हयोको अपेक्षा रहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ