रौतहट १ (ख) : कांग्रेसका मधेश प्रदेश सभापति यादव सिफारिस

समाचार

रौतहट, १९ भाद्र । नेपाली कांग्रेसका मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव रौतहट निर्वाचन क्षेत्र नं. १ (ख)बाट प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् ।

क्षेत्रीय समिति बैठकले सभापति यादवलाई रौतहट क्षेत्र १ ‘ख’बाट सर्वसम्मत प्रदेश सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो ।

यादवले मुख्यमन्त्रीको तयारी स्वरुप प्रदेश सभामा लड्ने तयारी गरेका हुन् ।

उनको नाम क्षेत्र १ बाट प्रतिनिधि सभाको उम्मेदवारका लागि पनि सिफारिस भएको छ । तर, गठबन्धनले माधव नेपाललाई उम्मेदवारी बनाए उनी प्रदेशबाट लड्नु पर्ने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ