वीरगन्ज, १९ भाद्र । पर्सा निर्वाचन क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यका लागि जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीलाई उम्मेद्वार सिफारिस गरेको छ ।
मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि एकल नाम सिफारिस गरेको हो ।
गत २०७४ को चुनावबाट तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट फराकिलो मतान्तरसहित विजयी भएका थिए ।
तपाईको प्रतिक्रिया