बारा ४ (ख) : भावी मुख्यमन्त्रीको रुपमा सोनल लोसपाबाट सिफारिस

समाचार

काठमाडौं, १९ भाद्र । मधेश प्रदेशको भावी मुख्यमन्त्रीको रुपमा जितेन्द्र सोनल बारा निर्वाचन क्षेत्र नं. ४ (ख) बाट प्रदेशसभा सदस्यका लागि सिफारिस भएका छन् ।

आगामी मसिर ४ गते हुने निर्वाचनमा बारा क्षेत्र नं ४ को (ख) बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सोनलको एकल नाम प्रदेशसाभा सदस्यमा सिफारिस गरेको लोसपाकी नेतृ पिंकी यादवले जनाएकी छन् ।

यादवका अनुसार लोसपाले सोनललाई मधेश प्रदेशको मुख्यमन्त्रीको रूपमा प्रस्तावित गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ