निर्माण ब्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा अर्याल निर्वाचित

समाचार

इमरान खान, कपिलवस्तु, २१ भाद्र । निर्माण व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा सरोज अर्याल निर्वाचित भएका छन् ।

सोमबार भएको मतदानमा अर्याल ८९ मतका साथ विजयी भएका हुन् । अर्यालले चन्द्रशेखर श्रेष्ठलाई पराजित गरेका हुन् ।

संघको उपाध्यक्षमा तपेश्वरी कहार, द्वितीय उपाध्यक्षमा सुनिल शुक्ला, महासचिवमा शिव दयाल ठाकुर, सचिवमा रमेश मिश्र, कोषाध्यक्षमा लाल मोहर तेली, सह–कोषाध्यक्षमा नलिन गौतम भुसाल निर्वाचित भएका छन् ।

त्यसैगरी, सदस्यहरुमा अब्दुल गफ्फार दर्जी, पवन अग्रहरी, दिपेन्द्रनाथ शुक्ला, टुक लाल पुन, राज कुमार मिश्रा, पंचम सिंह विजयी भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ