भारतीय महिला आयोगकी अध्यक्ष र मधेशी आयोगका अध्यक्षबीच छलफल

समाचार

काठमाडौं, १ असोज । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त र भारतको राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माबीच भर्चुअल माध्यमबाट दुवै देशको महिलाको अधिकारको संरक्षण, सम्बर्धन तथा सशाक्तिकरण बारे छलफल सम्पन्न भएको छ ।

सो छलफलमा नेपालमा विभिन्न कारणले बसोबास गर्ने भारतीय मूलकी महिलाहरु तथा भारतमा बसोबास गर्ने नेपाली मूलकी महिलाहरुको हकहितको संरक्षण तथा सम्बर्धन गर्न दुई देशका संवैधानिक आयोगहरु एक–आपसमा सहकार्य गर्नुपर्ने आवश्यक रहेको मधेशी आयोगका अध्यक्ष डा.दत्तले बताएका छन् ।

महिला आयोगकी अध्यक्ष शर्माले नेपाल–भारत सीमामा नेपाल तर्फ सुरक्षाकर्मीहरुबाट भारतीय महिलाहरुसँग हुने दुर्व्यवहारलाई न्यूनीकरण गर्न आवश्यक कदम चाल्नुहुन अध्यक्ष डा.दत्तलाई आग्रह गरेकी छन् ।

सो आग्रह प्रति अध्यक्ष डा.दत्तले आफु सकारात्मक रहेको र छिटै सुरक्षानिकायका पदाधिकारीहरुसंग छलफल गरेर त्यस विषयको समाधान निकाल्ने बताएका छन् ।

अध्यक्ष डा.दत्तले पनि भारतीय सुरक्षाकर्मीहरुलाई नेपाली महिलाहरु संग नम्र व्यवहार गर्न महिला आयोगले समन्वय गर्न अनुरोध गरेका छन् ।

सो छलफलमा दुई अध्यक्ष बीच खुल्ला सिमाना, चेलीबेटी बेचबिखन लगायतका समसामयिक विषयमा छलफल भएको छ ।

महिला आयोगकी अध्यक्षले मधेशी आयोगका अध्यक्षलाई औपचारिक रुपमा भारत भ्रमणको निमन्त्रणा समेत दिएकी अध्यक्ष डा.दत्तको सचिवालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ