काठमाडौं, १ भाद्र । हिन्दू परिषद नेपालको उपत्यका कमिटी पुनर्गठन गरिएको छ ।
अनामनगरस्थित शनिबार मधेश मिडिया हाउस हिन्दूवादी योद्धा एवं अभियान्ताहरुको उपस्थितिमा बिरेन्द्र ठाकुरको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको हो ।
यसैगरी, उपाध्यक्षहरु रामस्वार्थ राउत, रंजू साह, सचिव भोला बानिया, कोषाध्यक्ष राजीब देव्, प्रबक्ता कमल नारायण कर्ण, कार्यसमिति सदस्यहरूमा दिवेश पटेल, भोला यादव, संगीता खत्री, मुक्त केसी, बिनीद साह, संदीय राय, रामनारायण शर्मा चयन गरिएको छ ।
यस्तै, सल्लहकारहरूमा चक्रधर प्रसाद देव्,अर्जुन ठाकुर, रामप्रताप रायलाई चयन गरेको छ ।
कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रीय अध्यक्ष संतोषानंद जी महराज, केन्द्रिय उपाध्यक्ष पिंकी महासेठ, केन्द्रिय प्रबक्ता सुरेश साह कानू, केन्द्रिय सदस्य गायत्री साह लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
सनातन हिन्दू राष्ट्र नेपालका लागि धार्मिक र सामाजिक कार्य गरी लाखौ नेपालीलाई परिषदले जोड़न सफल भएको जनाएको हो ।
तपाईको प्रतिक्रिया