काठमाडौं, २ असोज । जनता समाजवादी पार्टी नेपालकी नेतृ अमृता अग्रहरी नेकपा (एमाले) प्रवेश गरेकी छन् ।
आइतबार एमालेको सचिवालय बैठक चालिरहेको बेला नेतृ अग्रहरी एमाले प्रवेश गरेकी हुन् ।
नेपालको लोकतान्त्रिक आन्दोलनका नेता गजेन्द्र नारायण सिंहको प्रेरणाबाट राजनीतिमा कृयाशिल हुँदै हाल जसपाको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी आग्रहरी औपचारिक रुपले एमालेमा समाहित भएकी हुन् ।
नेतृ अग्रहरीलाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरेका छन् ।
तपाईको प्रतिक्रिया