संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु : उपेन्द्र यादव

समाचार

काठमाडौं, ३ असोज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान दिवसको अवसरमा शुभकामना दिएका छन् ।

अध्यक्ष यादवले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘हरेक नागरिकले पनि संविधानको सम्मान गर्दै देशप्रतिको आफ्नो जिम्मेवारी मर्यादित ढंगले निर्वाह गर्नु पर्छ भन्दै सम्पुर्ण नेपालीहरुलाई संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

‘संविधान भनेको मौलिक सिद्धान्तहरू वा स्थापित पूर्वाधारहरूको समुच्चय हो । संविधानले हरेक नागरिकलाई आफ्नो राष्ट्रियतासँग एकताबद्ध गराउन मद्दत गर्नुपर्छ ।’ उनले भनेका छन् ।

त्यस्तो नभएमा संविधानलाई जनताको हितका लागि संसोधन गरिरहनु पनि जरुरी हुन्छ, उनले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ