संस्थापक मधेशवादी नेता महोत्तरी ३ (क) बाट प्रदेशसभा उम्मेद्वार

समाचार

काठमाडौं, ४ असोज । संस्थापक मधेशवादी नेता जो ३४ वर्षदेखि निरन्तर मधेशको राजनीतिमा सक्रिय लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता रमन कुमार पाण्डेय पहिलो पटक चुनावी मैदानमा उत्रिन लागेका हुन् ।

पाण्डेयलाई लोसपाले महोत्तरी ३ (क) बाट प्रदेशसभा उम्मेद्वारका लागि सिफारिस गरेको हो । उनी व्यक्तिगत पदीय, दलीय तथा राजनीतिक स्वार्थभन्दा माथि उठेर मधेश, मधेशी र राष्ट्रियताका लागि वकालत गर्दै आएका छन् ।

बिशुद्ध मधेशवादी एवं अर्गानिक मधेशी नेताको रुपमा परिचित नेता पाण्डेय विद्यार्थीकालदेखि मधेशवादका प्रणेता एवं नेपाल सद्भावना पार्टीका संस्थापक स्व.गजेन्द्रनारायण सिंहनिकट रही राजनीति कर्म लागेका पात्र हुन् ।

उनले आफूलाई राजनीतिकर्मीभन्दा पनि जनताको सेवकको रुपमा भन्न रुचाउँछन् । त्यत्रो लामो राजनीतिक इतिहास बोकेका पाण्डेयले आजसम्म कुनै पनि लाभका पदमा बस्न मानेका थिएनन् ।

यो आम चुनावमा महोत्तरी ३ (क) का जनताले पाण्डेयलाई नै प्रदेशसभा सदस्यको रुपमा हेर्न चाहेको त्यहाँको जनचाहना देखिएको हो ।

निडर, साहसी, दृढ संकल्पित पाण्डेय आज मधेशमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि उनको छुट्टै पहिचान छ । आफ्नो मातृभूमि, अधिकार, विकासको लागि कहिल्यै पछि नहट्ने स्वभावका नेता हुन् ।

उनी हिन्दी भाषा अभियानीसमेत हुन् । हिन्दी भाषालाई नेपाली भाषासरहत मान्यता दिनुपर्ने माग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ