ग्याँस लिक भई आगलागी हुँदा जलेर महिलाको मृत्यु

समाचार

बारा, ४ असोज । कलैया नगरपालिका–२३ बस्ने ५० वर्षीया मिना देवी कुर्मीको आफ्नै घरमा दूध तताउने क्रममा ग्याँस लिक भई आगलागी हुँदा जलेर मृत्यु भएको छ ।

सोमबार दिउँसो जलेर गम्भीर घाइते भएकी उनको स्थानीय वीरगंज मेडिकल अस्पताल हुँदै थप उपचारको लागि कीर्तिपुर अस्पताल काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ