“दलहरुले भोटबैंकको रुपमा प्रयोग गरे”

समाचार

विराटनगर, ६ असोाज । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले संविधानमा लेखिएको अधिकार कार्यान्वयन नहुँदा नेपाली नागरिकता पाउनबाट आफूहरू वञ्चित भएको गुनासो गरेका छन् ।

विराटनगरमा आज आयोजित कार्यक्रममा उहाँहरूले राजनीतिक दलहरूले भोट बैङ्कको रुपमा मात्र प्रयोग गरेको भन्दै आफूहरूलाई पनि राजनीतिक तहमा सहभागी गराउन आग्रह गरेका छन् ।

आगामी मङ्सिर–४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुदैछ त्यो निर्वाचनमा नेतृत्वदायी भूमिकामा सहभागिता हुनुपर्नेमा उहाँहरूको जोड थियो ।

सरोकारवाला निकायसँग यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको मुद्दाहरू विषयक अन्तरक्रिया कार्यक्रममा उहाँहरूले राज्य, समाज तथा परिवारहरूबाट आफूहरू अपहेलित हुने गरेकाले आफ्नो समुदायको अधिकारका लागि कलम चलाउन सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा निलहिरा समाजका सुदीप गौतमले यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई समाज तथा परिवारले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन पनि सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ