बारा, ९ असोज । नक्कली नेपाली रुपैयाँको नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला बारा सिम्रौनगढ नगरपालिका वडा न.५ कनकपुर टोल बस्ने जगदेव महतो नुनिया रहेका छन् ।
विशेष सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी टोलीले नुनियाको घरमा सुत्ने कोठामा रहेको बाँसको मचानमाथि रहेको ओच्छायान मुनी माछा मार्ने जालभित्र लुकाइ छिपाई राखेको नेपाली नक्कली नोट बरामद गरेको हो ।
प्रहरीले उनको घरबाट नेपाली रु एक हजार दरको नोट–८१ थान र पाँच सय दरको नोट–३ थान गरी जम्मा ८२ हजार पाँच सय नक्कली नोट फेला परेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया