हिन्दू परिषद नेपालद्वारा शुभकामना समारोह सम्पन्न

समाचार

काठमाडौं, ९ असोज । हिन्दू परिषद नेपाल उपत्यका कमिटी काठमाडौंद्वारा शनिबार मधेश मीडिया हाउस अनामनगरमा बडा दशैं, तिहार, छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान एवं चियापान समारोह सम्पन्न गरेको छ ।

उपत्यका कमिटी अध्यक्ष बिरेन्द्र ठाकुरको सभापतित्वमा भएको कार्यक्रम मधेशी आयोगका अध्यक्ष डा. बिजय दत्तको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

समारोहमा हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोषानंद महराज, हिन्दी भाषा अभियानी एवं युवानेता रमन पाण्डेय, नेपाल विश्व हिन्दू महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष बिजय प्रकाश निसाद, अधिवक्ता बिकास ठाकुर, बोलबम कावरिया संघका संस्थापक अध्यक्ष छोटेलाल साह, महासचिव नरेन्द्र ठाकुर, भोलेनाथ कावरिया संघका महासचिव बिहारी प्रसाद रस्तोगी, ॐ बोलबम कावरिया संघका पूर्व अध्यक्ष बिरसेन कुशवाहा, हिन्दू युवा संघ अन्तरराष्ट्रिय समिति अध्यक्ष सागर थापा, पशुपतिनाथ कावरिया संघका अध्यक्ष छविलाल मण्डल, हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्षहरु सुनीता रौनियार, पिंकी महासेठ, महासचिव रामसोबित नायक, केन्द्रिय सदस्य महेन्द्र चौधरी, उपत्यका कमिटी उपाध्यक्ष रंजू साह, हिन्दूवादी अगुवाहरु ओमप्रकाश सिंह, मोतीलाल साह, जितेन्द्र यावद, अर्जुन ठाकुर, नेपाल शिव सेनाका केन्द्रिय सदस्य शिवम गुप्ता, हिन्दू सम्राट सेनाका अध्यक्ष राजेश यादव लगायतकाले शुभकामना ब्यक्त गरेका थिए ।

बोल्ने बक्ताहरुले सनातन धर्मको रक्षा एवं हिन्दू राष्ट्र नेपाल बारे खुलेर आफ्नो धारणा राखेका थिए ।

उपत्यका कमिटी सदस्य दिवस पटेलले सहजीकारण र रामनारायन शर्माले स्वागत मंतब्य ब्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ