वीरगन्ज, १० असोज । वीरगन्ज महानगरपालिका वडा नं.२ छपकैयामा चट्याङ लागेर १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
३ जना सिकस्त घाइते भई नारायणी उपक्षेत्रीय अस्पतालमा थप उपचारका लागि पठाइएको छ । मृत्यु हुनेमा वीरगंज महानगरपालिका वडा नं.२ छपकैँया निवासी १५ वर्षिय सिद्धान्त उपाध्याय रहेकोे छ ।
त्यसैगरी वडा नम्बरं. २ निवासी वर्ष २९ की कुलनेसा खातुन, वडा नम्बर ४ निवासी वर्ष १३ का अर्जुन राउत र पर्सा जिल्लाकै बिन्दवासनी गाउँपालिकामा चट्याङबाट घाइते भएका कुन्दन दासको उपचार एन.एम.सी अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उपचारको क्रममा रहेका अर्जुन राउतको अवस्था निक्कै गम्भीर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।
सोमबार बिहान ६ः३० बजे चट्याङ खस्दा छपकैया पोखरी नजीक क्रिकेट खेलिरहेका नाबालकहरुलाई चट्याङ लागेको त्यहाँका स्थानीयहरु ले जानकारी दिएका छन् ।
चट्याङ खस्ने स्थानमा ३ फिट जति जमिनमा खाल्टो बनेको घटनास्थलमा देखिएको छ ।
तपाईको प्रतिक्रिया