मोरङ, १४ असोज । कटहरी नगरपालिका–२ बस्ने ३५ वर्षीय उद्धव परियारको करेन्ट लागेर मृत्यु भएको छ ।
उर्लाबारी नगरपालिका–१ पिपल डागी चोकस्थित आसिस समि नारायण साह जे.बी.कन्ट्रक्सनद्वारा उर्लाबारी सामुदायिक खानेपानीको निर्माणाधिन पानी ट्याङ्कीमा वेल्डिङ गर्ने क्रममा बिहीबार करेन्ट लागेको थियो ।
करेन्ट लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया