नेपाल लाइफको कल सेन्टर दशैंको विदाको समयमा पनि संचालनमा रहने

समाचार

काठमाडौं, १४ असोज । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ ।

यस इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन गर्नेछ ।

ग्राहकहरुले यस इन्स्योरेन्सको कल सेन्टरमा कल, इमेल, ह्वाट्सएप, भाइबरमार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नेछन् । यसबाट ग्राहकहरु लाभान्वित हुने विश्वास इन्स्योरेन्सले लिएको छ ।

देशैभरि फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ