जनकपुरधाम, १४ असोज । जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले कार्तिक ५ गतेभित्र नजिकको प्रहरी इकाईमा लगत राख्ने गरी हातहतियार बुझाउन अनुरोध गरेको हो ।
चुनावलाई भरपर्दो र विश्वसनीय बनाउनका लागि जिल्लामा रहेका इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले आज जारी गर्नुभएको सूचनामा उल्लेख रहेको छ ।
निर्धारित समयभित्र हातहतियार नबुझाए कानून बमोजिम कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।
प्रत्येक चुनावमा स्थानीय प्रशासनले इजाजत प्राप्त हतियार बुझाउनका लागि सूचना जारी गर्ने गरेका छन् ।
तपाईको प्रतिक्रिया