डा.मनोज मुक्तिको जनतान्त्रिक मुक्ति मोर्चा राप्रपामा समाहित

समाचार

काठमाडौं, १९ असोज । डा.मनोज मुक्ति विवेक नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ ।

मोर्चा र राप्रपाबीच विभिन्न ९ बुँदे सहमति भई समाहित भएको डा.मनोज मुक्तिले जनाएका छन् ।

मोर्चासँगको सहमति पत्रमा राप्रपाको तर्फबाट वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले हस्ताक्षर गरेका छन् ।

राप्रपा केन्द्रीय कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा उपाध्यक्ष तामाङसँगै कोषाध्यक्ष निलकण्ठ काफ्ले, केन्द्रीय सदस्य राम नारायण साह (सुनिल) सहभागी थिए ।

यसैगरी मोर्चाका तर्फबाट अध्यक्ष डा. झा, मोर्चाका केन्द्रीय सचिवालय सदस्य नगीना झा, केन्द्रीय सदस्य बुलन यादव, दया शंकर राउत (सानु जी), बिना मण्डल, दीपक कुमार सिंह लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ