काठमाडौं, २३ असोज । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज हुँदैछ ।
प्रत्यक्ष रुपमा निर्वाचित हुने अर्थात् पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम आज सुरु हुन लागेको हो ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारको उम्मेदवारी दर्ता हुँदैछ र यसका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।
आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफै वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ ।
तपाईको प्रतिक्रिया