जलेश्वर, २३ असोज । महोत्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि नेकपा (एमाले)का नेता राम अधार कापरले स्वतन्त्र उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।
नेता कापरले आइतबार स्वतन्त्र उम्मेद्वारी मनोननयन दर्ता गराएका हुन् ।
एमाले र जनता समाजवादी पार्टी नेपालको गठबन्धनविरुद्ध आफूले उम्मेद्वारी मनोनयन दर्ता गराएको प्रतिक्रिया दिएका छन् । उनले आफू स्वतन्त्र उम्मेद्वारी दर्ता गराइसकेपछि एमालेमा नरहेकोसमेत घोषणा गरेका हुन् ।
उम्मेद्वारी मनोनयन दर्ता पश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘दलहरुबीच अहिले भएको गठबन्धन नभई ठगबन्धन हो । यो राजनीतिक अपराध हो ।’
उनले दुनियाँमा निर्वाचनपछि गठबन्धन हुने गरेको तर नेपालमा कुनै नेतालाई चुनाव जित्ने आँट नभएकोले गठबन्धन गरिरहेको धारणा राखेका छन् ।
एमाले र जसपाबीच गठबन्धन हुँदा महोत्तरी क्षेत्र नं. ३ जसपाको भागमा परेको छ । जसपाले पूर्वमन्त्री हरिनारायण यादवलाई उम्मेद्वार बनाएको हो ।
तपाईको प्रतिक्रिया