महोत्तरी २ बाट तमलोपाका वरिष्ठ नेता सिंहद्वारा मनोनयन दर्ता

समाचार

महोत्तरी, २३ असोज । तराई–मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता डा.विजयकुमार सिंहले महोत्तरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि मनोनयन दर्ता गराएका छन् ।

यसैगरी, मधेश प्रदेशको प्रदेशसभा सदस्यका महोत्तरी २ को (क) मा इद्रीश राईन र (ख) रामकृपाल साहले मनोनयन दर्ता गराएका हुन् ।

लोसपाबाट अलग भएर वृषेश चन्द्र लालको नेतृत्वमा तमलोपा पुनर्गठन भएको हो । जसमा सिंह वरिष्ठ नेता रहेका छन् ।

तमलोपा र नेपाल सद्भावना पार्टीले लोकतान्त्रिक मधेशी फ्रन्ट गठन गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ